आईपीएल: कोलकातामाथि बैंगलोरको सहज जित

आईपीएल: कोलकातामाथि बैंगलोरको सहज जित

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ।

शैख जाहेद स्टडीयममा टस जितेर ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो । ८५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा बैंगलोरले १३ ओभर ३ बलमा २ विकेट गुमाउदै सहज जित हासिल गरेको हो । बैंगलोरका लागि ओपनर  देवदत्त पडीक्कलले २५ , गुरकिरात सिंहले २१, आरोन फिंचले १६ , विराट कोहलीले २१ रन बनाए । बलिंग तर्फ कोलकाताका लकी फर्गुसनले १ विकेट लिए ।

त्यसअघि कोलकाताका लागि कप्तान इयोन मोर्गनले ३०, लकी फर्गुसनले १९, कूलदीप यादवले १२, टम ब्यान्टनले १० रन बनाउँदा पाँच ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा आरसीबीका मोहम्मद सिराजले ३, युजवेन्द्र चहलले २, नवदीप सैनी र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *