दशैंमा ह्वात्तै बढ्यो प्याजको भाउ

दशैंमा ह्वात्तै बढ्यो प्याजको भाउ

काठमाडौं :  नेपाली बजारमा सुकेको प्याजको मूल्य बढेको छ । बडा दशैं शुरु भए लगत्तै नेपाली बजारमा प्याजको मूल्य बढेको हो ।

बजारमा प्याजको मूल्य सोमबारको तुलनामा आज बढेको छ । प्याजको मूल्य प्रतिकिलो १४ रुपैयाँले बढेको हो ।

कालीमाटी फलफुल तथा तरकारी बजारमा मंगलबार प्याजको थोक मूल्य अधिकतम १ सय ३५ रुपैयाँ र न्यूनतम १ सय ३० रुपैयाँ तोकिएको छ भने औसत मूल्य १ सय ३२ रुपैयाँ तोकिएको छ ।

प्याजको मूल्य यसअघि सोमबार किलोको एक सय १८ रुपैया रहेको थियो । चाडबाड नजिकिएसँगै बजारमा प्याजको मूल्य बढ्दै गइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *