अहिलेसम्मकै धेरै ५७४३ संक्रमित थपिए

अहिलेसम्मकै धेरै ५७४३ संक्रमित थपिए

अद्यावधिक विवरण अनुसार बुधबार नेपालमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । मंगलबारमात्रै ३०९३  जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या ४४ हजार ४७६ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *