आईपिएल : दिल्लीलाई पन्जाबले हरायो

आईपिएल :  दिल्लीलाई पन्जाबले हरायो

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत ३८ औं खेलमा किङ्ग्स-११ पन्जाबले  दिल्ली क्यापिटल्सलाइ पराजित गरेकाे छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिंग रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाउदै पन्जाबलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियाे । १६५ रनकाे लक्ष्य पछ्याएकाे पञ्जाव ५ विकेटले विजयी भएकाे हाे ।  पञ्जावका लागि निकाेलस पुरनले सर्वाधिक ५३ रन बनाए भने, कृस गेलले २९, ग्लेन म्याक्सवेलले ३२, केएल राहुलले १५ रन बनाए । बलिङ तर्फ दिल्लीका रवडाले २ तथा अक्षर पटेल र अश्र्विनले समान १/१ विकेट लिए ।

दिल्लीको लागि शिखर धवनले लगातार दोश्रो शतक बनाउने क्रममा अविजित १०६ रन बनाए भने श्रेयस ऐयर र रिशभ पन्तले समान १४ रन, शिमरन हेटमायरले १० तथा मार्कस स्टोइनिसले ९ रन बनाए।

पन्जाबको बलिंगमा मोहम्मद शामीले २ विकेट लिए भने मुरुगन आश्विन, ग्लेन म्याक्सवेलले समान १ विकेट लिए। रभी बिस्नोइ र अर्शदिप सिंह विकेटविहिन रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *