भारतले चिनियाँ सैनिक क’ब्जामा लिएकाे दाबी

भारतले चिनियाँ सैनिक क’ब्जामा लिएकाे दाबी

भारतले एक चिनियाँ सैनिकलाई क’ब्जामा लिएको चीनले दाबी गरेकाे छ । आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको आ’रोपमा भारतीय सुरक्षाकर्मीले पूर्वी लद्दाखको डेमचक क्षेत्रबाट चीनका एक सैनिक प’क्राउ गरेको जनाइएकाे छ ।

बिबिसीका अनुसार ती चिनियाँ सैनिकले सीमाको वास्तविक नि’यन्त्रण रेखा क’टेर भारततर्फ आएकोले नि’यन्त्रणमा लिइएकाे भारतीय सैनिकको दा’बी छ । यसरी क’ब्जामा लिइएका सैनिकबारे जानकारी उपलब्ध गराउन भारतीय पक्षले चीनको पिपुल्स लिवरेसन आर्मी (पीएलए) लाई अनुरोध गरिएको बताएकाे छ । त्यसपछि मात्र निर्धारित नियमबमोजिम ती सैनिकलाई फिर्ता गर्ने भारतीय सैनिककाे भनाइ छ ।

उता चीनकाे सरकारी पत्रिका ग्लोबल टाइम्सले पनि एकजना गाेठालाेलाई मद्दत गर्ने क्रममा आइतबार राति पीएलएका एक सैनिक भूलवश सीमापारि पुगेकाे र उनलाइ भारतीय पक्षले नि’यन्त्रणमा लिएकाे बताएकाे छ । सूचना थाहा पाउनेबित्तिकै चीनले भारतलाई जानकारी गराएकाे भारत ती सैनिक फिर्ता गर्न राजी भइसकेकाे छ उक्त पत्रिकाले लेखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *