उच्च सम्मानसहित गरियाे असई गोविन्दको अन्त्येष्टि

उच्च सम्मानसहित गरियाे असई गोविन्दको अन्त्येष्टि
तस्विर: खबरकुञ्ज

धनगढीः  सहायक निरिक्षक गोविन्द बिकको उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज बिक आईतबार नेपाल–भारत सीमा स्थित मोहना नदीमा वि’भत्य ह’त्या गरेको अवस्थामा भेटिएका थिए ।

प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घा’टमा उच्च सम्मान सहित अ’न्त्येष्टि गरिएको हो । बिकको शो’क सलामी सहित अ’न्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अ’न्त्येष्टि अगाडी बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक (असई) बिकको श’व आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा वि’भत्स ह’त्या गरेको अवस्थामा मृ’त भे’टिएका थिए ।

उनीसँगै गस्तीमा ख’टिएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अ’ज्ञात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *