स्वर्गीय काङ्ग्रेस नेता बुढाको श्रद्धाञ्जली सभा ढकारीमा सम्पन्न

स्वर्गीय काङ्ग्रेस नेता बुढाको श्रद्धाञ्जली सभा ढकारीमा सम्पन्न

अछाम:नेपाली काङ्ग्रेसका नेता पुर्व महाधिवेशन प्रतिनिधि स्वर्गीय पुर्ण बहादुर बुढाको  १३ औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा ढकारिमा  सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस ढकारी गाउँकार्यसमिति सभापति धनबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रम प्रमुख अतिथि जिल्ला पाटी सभापति भरत कुमार स्वार रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै स्वारले स्वर्गीय नेता बुढाको निधनले पाटी लाई अपुर्णिय क्षती भएको बताए । काङ्ग्रेस पाटीमा उहाँको योगदान महत्त्वपूर्ण रहेकाले नेपाली काङ्ग्रेसले उहाँको योगदानलाई  सम्मान र कदर गर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि पुर्व पाटी सभापति पुष्प बहादुर शाह र महासमिति सदस्य बलबहादुर कुवर रहनु भएको थियो । कार्यक्रममा महासमिति सदस्य देबराज देबकोटा,अम्बिका चलाउने महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी ,सुरत बहादुर बिष्ट जिल्ला समन्वय समिति उपप्रमुख टोपबहादुर रावल ,सदस्य सुरत बहादुर बुड्थापा बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का ,काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य लालबहादुर भण्डारी ,तरुण दलका अध्यक्ष प्रकाश साउद,बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कर्णबहादुर ठकुल्ला,नेपाल प्रेस युनियन अछामका सचीव सुशील भण्डारी लगायत नेताकार्यकर्ता हरुले स्वर्गीय नेता बुढाको फोटोमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रमको संचालन कमल बहादुर भण्डारीले गर्नु भएको थियोे ।

Leave a Reply