जापानबाट काङ्ग्रेस नेता कुँवरद्धारा एकल महिलाहरुलाई दसैमा कपडा बितरण

जापानबाट काङ्ग्रेस नेता  कुँवरद्धारा एकल महिलाहरुलाई दसैमा कपडा बितरण

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर घर भई हाल जापानमा बस्दै आउनु भएका नेपाली कांग्रेस जिला कार्य समिती सदस्य एवंम नेपाली जनसम्पर्क समिति कान्तोका सचिव लोेकन्द्र जंग कुँवरले एकल महिलाहरुलाई कपडा उपलब्ध गराउनु  छ ।

समाजसेबी कुँवरले सिद्धेश्वरका एकल महिलाहरुलाई दशैंको अवसरमा उपहार स्वररुप एक एक जोर कपडा बितरण गर्नु भएको हो । आज साँफेबगरमा उहाका दाजु रुप बहादुर कुँवरले २८ जना एकल महिलाहरुलाई कपडा बितरण गरेको जानकारी दिनु भयो ।

स्वर्गीय आमा धनशोभा देबी कुँवरको सम्झनामा आमाको साथीहरुलाई दसैमा उपहार स्वरुप कपडा उपलब्ध गराएको समाजसेबी लोकेन्द्र जंग कुँवरले जानकारी दिनु भयो । कुँवरले बिभिन्न समयमा जापानबाट बिपन्न, असहाय,अपाग,एकल महिलाहरुलाई आर्थिक सहयोग गर्दे आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *