थुप्रै बिरामीको मन जितेकी अछाम अस्पतालमा कार्यरत अनमी धौली

थुप्रै बिरामीको मन जितेकी अछाम अस्पतालमा कार्यरत अनमी धौली

दिपा भण्डारी, कात्तिक १ अछाम:मंगलसेन नगरपालिका वडा नम्बर ५ निवासी कोकिला ढुंगाना बिरामी भयर जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचार गर्दै अनमी रावलले उनको सरसफाइमा ध्यान दिने गरेकी छिन् । बिरामी कोकिलाको कपाल मिलाउँदै गरेको फोटो अहिले सामाजिक सञ्जालमा समेत जोडिएको छ । थुप्रै जनाले राम्रो काम भन्दै धन्यवाद समेत व्यक्त गरेका छन् ।

कोकिला ढुंगाना मात्र नभएर अस्पतालमा आएका हरेक विरामिलाई सधैं यसरी नै उनले राम्रो काम गर्दै आएको जिल्ला अस्पतालका स्वास्थ्यकर्मी बताउँ छन् । बिरामी भएर अस्पताल पुगेका बिरामी हरु जब उनको हँसिलो अनुहार देख्छु हामीलाई सञ्चो भएको महसुस हुने बताउँछन् ।

पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ तोलि जन्मनु भएकी धौली रावल अहिले २१ वर्षकी भइन् । कक्षा १ देखि ३ सम्म रामजानकी प्रावि र ४ देखि एसएलसि सम्म धन्वतरी माध्यामिक विद्यालय तोलिमा अध्ययन गरेकी उनी एसएलसि पास गरिन् । यो अवधिमा उनले धेरै मेहनत पनि गरिन् । आफ्नो बाल्यकाल दुःखद तरिकाले बितेको उनले बताइन् । आफू सामान्य परिवारमा हुर्केकी र उनका ६ जना दाजु भाई दिदी बहिनी छन् । उतिबेला उनका बुवा आफ्ना छोराछोरीको पालनपोषण र सुनौलो भविष्य को लागि भारत जानु भयो ।

घर देखि उनको पढ्ने स्कूल डेढ़ घण्टा पैदल यात्रा गर्नु पर्ने तेसैमा पनि बिहान सबेरै उठेर घरको सबै काममा सघाएर विद्यालय जानु पर्ने र फेरि फर्केर घरको बाकी काम गर्नु पर्ने यस्ता समस्याको बावजूद पनि मैले आफ्नो पढाइलाई निरन्तरता दिए उनले भनिन् । आफूले जब एसएलसि पास गरिसकेपछि उच्च शिक्षा हासिल गर्न घर छोडेर बाहिर जानु पर्ने घरमा कुरा गर्दा छिमेकीले छोरी मान्छेलाई घर बाहिर पठाउनु हुन्न भने तर पनि छिमेकीको कुरा नसुनेर बुवा आमा ले पठाउनु भयो । बिकास तथा आनुशन्धान सस्थान बबरमहल स्थित काठमाडौं कलेजमा अनमी कोर्ष पढ्न सुरु गरिन् ।

आफ्ना बुवा आमाले आफू प्रति देखेका सपना पुरा गर्ने उद्देश्य बोकेर उच्च शिक्षा हासिल गर्न गएकी उनले अहिले बिरामी त छदै छन आफ्ना छिमेकीको उदारणिय पात्र बन्न पुगेकी छन् उनी भन्छन् अहिले म आफैलाई गर्व गर्छु ।

२०७४ साल असारमा अनमी पास गरेर जिल्ला अस्पताल अछाममा लगभग ५ महिना स्वयम् सेवकको रूपमा काम गरिन्, उनको काम प्रतिको लगनशीलता, इमान्दारिता, मेहनत र बिरामी प्रतिको व्यावहार देखेर २०७४ साल मंसिर बाट जिल्ला अस्पताल अछाममा अनमी पदमा नियुक्ति पाइन् । थप जिम्मवारी पाइसके पछि उनि अझै आफू सशक्त भयर आगाडी बढिन ।

आफूले विरामि पर्ती गरेको (माया, प्रेरणा, हौसला परामर्श) व्यवहारले गर्दा नै यो सब थोक भएकोमा उनी खुसी व्यक्त गर्छिन् । अधिकांस बिरामी हरु जब अनमी धौली लाई देख्छन् आफूलाई चाडो सञ्चो हुने बताउँछन् । जील्ला अस्पताल मंगलसेन अछाममा काम गर्दै गरेको अहिले तीन वर्ष भयो । यो तीन वर्षको अवधिमा उनले थुप्रै बिरामीको मन जितेकी छन् । बिरामी हरुलाई माया, प्रेरणा, हौसला सँगै बिरामी हरुको सरसफाइमा पनि उतिकै ध्यान दिन्छन् ।

कुनै पनि काम गर्न भने जस्तो सजिलो त छैन । काम गर्ने अवधिमा दुःख, पिडा त भोग्नु नै पर्छ तर पनि यो पेशा झनै अप्ठ्यारो सुरुसुरुमा काम कसरी गर्ने, के गर्दा राम्रो हुन्छ त्यसैमा बिरामीलाई रात दिन, भोक, निन्द्रा, नभनी स्याहार गर्दा गर्दै पनि सबैको मन जित्न नसकिने उनले बताइन् । जब आफूले सब थोक (भोक, निन्द्रा ,प्यास, थकाई ) केही नभनी बिरामीको स्याहार गर्दा गर्दै कतिपय बिरामी अनावश्यक रूपमा चित दुख्ने गरी गाली गर्दा पनि उनीहरूको त्यो आफूप्रति बिरामीले गरेको व्यावहार बाट पनि केही नयाँ कुरा सिक्ने अवसरको रूपमा लिँदै आएको उनले बताइन् ।

दशैं तिहार चाड पर्वमा प्रदेशमा गएका दाजु भाइ समेत घर आउँछन् तर आफू बिरामीको स्याहार गर्न रात दिन कुर्नु पर्ने हुन्छ उनीहरुलाई स्याहार गर्न पाउनु नै प्रेरणा को स्रोत समेत भएको उनले बताइन् । अस्पतालमा आयका बिरामीलाई माया, ममता हौसला, स्याहार, परामर्श, उनीहरूको सरसफाइ गरेर नै बिरामी को मन जितेकोमा उनी थप खुसी व्यक्त गर्छिन् । अस्पतालमा आयका बिरामीलाई निको नहुन्जेल विशेष गरी आफू काममा ध्यान दिएर अहोरात्र खटेर काम गरिरहेको उनले बताइन् ।

कतिपय बिरामीहरू त एकलै अस्पताल आउँछन् र त्यस्ता बिरामीलाई त झन् बढी माया गर्छु , उनीहरूको सरसफाइ समेत आफैं गर्दै आएको उनले बताइन् , बिरामीको लुगा मिलाइदिने, कपाल मिलाइदिने समेत गरेको उनका थुप्रै उदाहरण छन् । बिरामी सँग आफ्ना पिडा लुकाएर खुलेर बोल्नु पर्ने,हासीहासी सेवा दिने उनीहरुलाई थप हौसला दिने , माया गर्ने गर्दा उनीहरू आफूलाई सञ्चो भएको र छिट्टै सञ्चो हुने महसुस गरेको उनले बताइन् ।

आफ्नो काम, व्यावहार, इमान्दारिता देखेर सबैको मन जितेकी धौली अहिले अरु सबैबाट आफूले माया, थप हौसला, साथ,सहयोग समेत पाइरहेकोमा खुशी समेत व्यक्त गर्छिन् । बिरामीको सबै पिडा बुझ्न सक्नु पर्ने उनको भनाइ छ । बिरामीको स्याहार गर्नु आफ्नो धर्म समेत रहेको उनले बताइन् । अब आफ्नो बाकी जिंदगी पढाईलाई निरन्तरता सँग सँगै अझ झन् मेहनत गरेर आफ्नो काम लाई निरन्तरता दिने उनको भनाइ छ ।

Leave a Reply