६५ औ प्रहरी दिवस दिवसको अवसरमा प्रहरी निरीक्षक गुरु सम्मानित

६५ औ प्रहरी दिवस दिवसको अवसरमा प्रहरी निरीक्षक गुरु सम्मानित

अछाम ।अछाममा ६५ औ प्रहरी दिवस सदरमुकाम मंगलसेनमा विभिन्न क्रियाकपलापका साथमा मनाइएको छ । आज जिल्ला प्रहरी कार्यालय अछामको प्रांगणमा अमर प्रहरीमा माल्र्यापण, पुरस्कार वितरण र मन्व्यसहितदिवस मनाइएको हो । प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवर रहनु भएको थियो ।

सोही अवसरमा जिल्लामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी निरीक्षक लोकेन्द्र गुरु लगायत अन्य प्रहरी जवान सम्मका विभिन्न चौकीमा कार्यरत प्रहरीलाई सम्मान र पुरस्कृत गरिएको छ । निरीक्षक गुरुले गरेको कामको उच्च मुल्यांकनका साथ उहाँलाई पुरस्कृत गरिएको हो ।

यस्तै प्रहरी चौकी बगुडा ठाँटीलाई जग्गा उपलब्ध गराउने मेल्लेखलाई कदरपत्र दिइएको छ । जिल्लाप्रहरी प्रम्ुख डिएसपी योगेन्द्र सिंह थापाले अछाम प्रहरी दिवसका बारेमा जानकारी दिँदै अछाम प्रहरीले एक वर्षमा गरेका कामका बारेमा समेत जानकारी दिनुभएको थियो ।

Leave a Reply