शाहरुख खानकी छोरीको बोल्ड अन्दाज, फोटो देखेर फ्यानहरू चकित!

शाहरुख खानकी छोरीको बोल्ड अन्दाज, फोटो देखेर फ्यानहरू चकित!

बलिउडका किङ्ग खान शाहरुख खानकी छोरी सुहाना खान अचेल निकै चर्चामा रहन्छिन्। चाहे उनको अनुहारको रंगमाथि गरिएको टिप्पणीको खरो जवाफ दिएर होस् त चाहे सामाजिक सञ्जालमा उनले लेखेका पोस्टहरू र सेयर गरिएका तस्बिरका माध्यमबाट सुहाना हमेशा लाइमलाइटमा रहन्छिन्।

सुहानाले एउटा वेव सिरिजमा पनि काम गरिसकेकी छन्। जुन कामको लागि उनले निकै तारिफ पनि बटुलिन्। सुशानाको बलिउड डेब्युबारे बोल्दै शाहरुखले `बलिउडमा आउने नआउने कुरा त सुशानाले नै तय गर्ने छिन्। आफ्नो पढाइ सकाएर उनले अभिनयमा कदम राख्न सक्छिन्´ भन्ने जवाफ दिएका थिए।

सुहाना बलिउड नायिका नभए पनि उनका फ्यान फ्लोइङ्ग कुनै स्टारको भन्दा कम छैन। सामाजिक सञ्जालमा सक्रिय रहने सुहानालाई धेरैले मन पराउँछन्। हालै सुहाना सामाजिक सञ्जालमा उनले राखेको एउटा बोल्ड फोटोका कारण चर्चामा छिन्। उनले इन्स्टाग्राममा एउटा बोल्ड र सुन्दर फोटो राखेकी छन्। खुला कपालमा सुहाना निकै राम्री देखिएकी छन्। जसको क्याप्सनमा उनी दिलचस्प कुरा लेख्छिन्, “म यो फोटो पोस्ट गर्दै छु, योभन्दा पहिले म यसलाई यति धेरै घुरेर हेरूँ, कि यसलाई घृणा गर्न थालूँ।”

सुहानाको यस बोल्ड अन्दाजलाई धेरैले मन पराएर तारिफ गरेका छन्। फ्यानहरू उनको बलिउड डेब्युलाई पर्खिरहेका छन्।

 

View this post on Instagram

 

gonna post this before i stare at it long enough to start hating it ?

A post shared by Suhana Khan (@suhanakhan2) on

Leave a Reply