६५ औं प्रहरी दिवस अछाममा पनि मनाइयो

६५ औं प्रहरी दिवस अछाममा पनि मनाइयो

अछाम ।अछाममा ६५ औ प्रहरी दिवस सदरमुकाम मंगलसेनमा विभिन्न क्रियाकपलापका साथमा मनाइएको छ । आज जिल्ला प्रहरी कार्यालय अछामको प्रांगणमा अमर प्रहरीमा माल्र्यापण, पुरस्कार वितरण र मन्व्यसहितदिवस मनाइएको हो । प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले प्रहरी राज्यका मात्र नभएर जनताको जीउ धनको रक्षामा क्रियाशिल भएको बताउनु भएको छ । प्रमुखकुँवरले शान्ति सुरक्षासँगै छाउपडी, मदिरा नियन्त्रण र कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको भनाइ छ ।

प्रहरी दिवसको कार्यक्रममा मन्तव्य दिँदै मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले प्रहरी रात दिन नभनेर हरेक नागरिकको सुरक्षामा खटिएको भन्दै पछिल्ला समस्यामा घटना प्रहरी सम्मपुग्ने क्रम बढेको बताउनुभयो । समुदाय प्रहरी साझेदारीले प्रहरी र नागरिकको सम्बन्धमा नजिकपन आएको भन्दै यसलाई कोरोनाको सहजतापछि निरन्तरता आवश्यक भएको उपाध्यायको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले राज्यको प्रतिनिधिको रुपमा हरेक समयमा प्रहरीको खटाइने शिर उचो भएको बताउनु भयो । समस्यालाई एकातिर राखेर गुड्नेदेखि उड्ने सम्मका गतिविधिमा प्रहरी पुग्ने भएकोले सबैको साथ र सहयोग आवश्यक रहेको उपाध्यायको भनाइ छ । कार्यक्रममा पुर्व प्रहरी शंकर मान बोहराले प्रहरीका दुख अनेक भएपनि राज्यले दिएको काम गरिरहेको भनाइ राख्नुभएको थियो ।

सोही अवसरमा जिल्लामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी निरीक्षक लोकेन्द्र गुरु लगायत अन्य प्रहरी जवान सम्मका विभिन्न चौकीमा कार्यरत प्रहरीलाई सम्मान र पुरस्कृत गरिएको छ । यस्तै प्रहरी चौकी बगुडा ठाँटीलाई जग्गा उपलब्ध गराउने मेल्लेखलाई कदरपत्र दिइएको छ । जिल्लाप्रहरी प्रम्ुख डिएसपी योगेन्द्र सिंह थापाले अछाम प्रहरी दिवसका बारेमा जानकारी दिँदै अछाम प्रहरीले एक वर्षमा गरेका कामका बारेमा समेत जानकारी दिनुभएको थियो ।

सिमित सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र पूर्व प्रहरी कर्मचारीको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक लोकेन्द्र  गुरुले गनुभएको थियो । प्रहरी दिवसकै अवसरमा हिजो बिहीबार बिहान जिल्लाका विभिन्न मन्दिर र सार्वजनिक स्थानमा सरसफाइ लगायत क्रियाकलाप गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *