देशभर थप ४३९२ जनामा देखियाे काेराेना
सडक मिडिया
आश्विन ३०, २०७७ १६:२४:५८ • ६७४ पटक पढिएको
अद्यावधिक विवरण अनुसार शुक्रबार नेपालमा ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । बिहिबार मात्रै ३७४९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३७ हजार ३८३ रहेकाे छ ।
सिफारिस