बादलको बैगुनी २ मा पल शाह र प्रियानाको फिचर्ड (भिडियो)

बादलको बैगुनी २ मा पल शाह र प्रियानाको फिचर्ड  (भिडियो)

काठमाडौं- मेलिना राई र बुद्धिमान श्रेष्ठको स्वर रहेको ‘बैगुनी २ सितल छायाँलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायक पल शाह, प्रियाना आचार्य, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ ।

तराई भेगको परिवेशलाई समावेश गरिएको गीतमा शब्द तथा संगीत बदल घिमिरेको रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकाश ज्ञावालीले सम्पादन गरेका छन् ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् । भिडियोलाई अत्यन्तै मन पराइएको छ ।

Leave a Reply