आईपिएल: सन्दिपलाई आफ्नो टिममा ल्याउन होडबाजी, कुन टिममा जालान् ?

आईपिएल: सन्दिपलाई आफ्नो टिममा ल्याउन होडबाजी, कुन टिममा जालान् ?

काठमाडौं : प्रिमियर लिग (आइपिएल) को मिड सिजन ट्रान्सफर विन्डो सुरु भएको छ। आइपिएलका सबै टिमहरुले सात–सात खेल खेलि सकेकाले मिड सिजन ट्रान्फर विन्डो खुला गरिएको हो। अबको ५ दिनसम्म चल्ने यो प्रक्रियामा टिमहरुले आपसी सहमतिमा खेलाडीहरु साटासाट गर्न पाउने छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) यो सिजनको मिड सिजन ट्रान्सफर विन्डोमा एउटा नियम परिवर्तन गरेको छ। अघिल्लो सिजन राष्ट्रिय टोलीमा नपरेका खेलाडीका लागि मात्र मिड सिजन ट्रान्सफर खुल्ला गरिएकोमा यस पटक राष्ट्रिय टिममा परेका खेलाडीले पनि यसमा सहभागी हुन पाउनेछन्।

मिड सिजन ट्रान्सफर विन्डोमा हालसम्म २ भन्दा कम खेल खेलेका खेलाडीहरुलाई मात्र साटफेर गर्न पाउने प्रवधान छ। यसपटक ९० खेलाडी मिड सिजन ट्रान्सफरका लागि योग्य छन्। जसमा क्रिस गेल, वेन स्टोक, इम्रान ताहिर, अजिंका राहाणे, क्रिस लिन, नाथन कुल्टर नाइल, क्रिस मोरिस, सन्दीप लामिछाने जस्ता खेलाडीहरु छन्।

यो सिजन मुम्बई इन्डियन्स, किंग्स ११ पञ्जाब र सनराइजर्स हैदरावादले समान १३–१३ खेलाडी साट्न पाउने छन्। राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले ११–११ खेलाडी साट्न पाउँदा चेन्नई सुरपर किंग्स र कोलकत्ता नाइटराइडर्सले १०–१० तथा दिल्ली क्यापिट्ल्सले ९ खेलाडी साट्न पाउने छन्।

सन्दीपको सम्भावना कति ?
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानले यो सिजन एउटा पनि खेल खेल्ने मौका पाएका छैनन्। उनी सम्मिलित दिल्ली क्यापिट्ल्समा रविचन्द्रन आश्विन, अमित मिश्रा अक्सर पटेल जस्ता अनुभवी स्पिनर रहेकोले उनले मौका पाइरहेका छैनन्। अमित मिश्राले चोटका कारण आइपिएलका बाँकी खेल गुमाउने छन् यसले सन्दीपको सम्भावना केही बढेको छ। तर टोलीले प्लेइङ ११ मा ४ जना मात्रै विदेशी खेलाडी राख्न पाउँछन्। हाल दिल्लीबाट प्लेइङमा परेका विदेशी खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन्।

दिल्लीले विदेशीले दक्षिण अफ्रिकी फास्ट बलर कागिसो रबाडा, अस्ट्रेलियन अलराण्डर मार्कस स्टोनिस, दक्षिण अफ्रिकाकै फास्ट बलर एनरिच नोत्र्जे र वेस्ट इन्डिजका ब्याट्सम्यान सिम्रोन हेटमायरलाई नियमित खेलाउँदै आएको छ। चारै जनाले राम्रो प्रदर्शन गरिरहेकाले दिल्ली उनीहरुलाई नै नियमितता दिइरहेको छ। पछिल्लो खेलमा विकेट किपर ऋषभ घाइते भइपछि दिल्लीले हेमायरलाई हटाएर अस्ट्रेलियन विकेट किपर ब्याट्यम्यान एलेक्स केरीलाई टिममा समावेश गरेको थियो।

हालसम्मका खेलमा प्लेइङ ११ मा परेका यी पाँचै विदेशी खेलाडीले दिल्लीका लागि महत्वपूर्ण योगदान गरिहरेका छन्। स्पीनरहरु अक्सर पटेल र रविचन्द्रन आश्विन आवश्यक परेका बेला राम्रो व्याटिङ गर्ने क्षमता राख्छन्। सन्दीप विशुद्ध बलर मात्रै हुन्। अहिलेकै टोलीले राम्रो गरिरहेको अवस्थामा अबका खेलमा सन्दीप प्लेइङ ११ मा पर्ने सम्भावना निकै कम छ।

यस सिजन आइपिएलको मैदानमा उत्रिनका लागि सन्दीप ट्रान्सफर विन्डोमार्फत अर्काे टोलीमा जाने सम्भावना देखिन्छ। यदि दिल्लीले सन्दीपलाई साट्न चाहेमा उनलाई कोलकत्ता नाइटराइडर्सले लिने सम्भावना धेरै देखिन्छ। अन्य टोलीको तुलनामा कोलकत्तामा राम्रा लेग स्पिनरको कमी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *