काठमाडौं उपत्यकामा थपिए यति धेरै संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं उपत्यकामा थपिए यति धेरै संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं: पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौंका १७४६ जना, भक्तपुरको १६७ जना र ललितपुरका २ सय १६ जना छन्।

अद्यावधिक विवरण अनुसार मंगलबार नेपालमा ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । साेमबार मात्रै ४ हजार ४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३५ हजार ९१५ रहेकाे छ । पछिल्लो २४ घण्टामा १५०३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *