साेमबार थप ४ हजार ४७ जनामा देखियाे काेराेना

साेमबार थप ४ हजार ४७ जनामा देखियाे काेराेना

अद्यावधिक विवरण अनुसार साेमबार नेपालमा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ११ हजार ८०२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । आइतबार मात्रै ५ हजार ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३३ हजार ८८० रहेकाे छ । पछिल्लो २४ घण्टामा १५५२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *