हाम्रै कारण दशैंको मुखमा हुन सक्छ लकडाउन, सरकारले गर्याे यस्ताे अपिल

हाम्रै कारण दशैंको मुखमा हुन सक्छ लकडाउन, सरकारले गर्याे यस्ताे अपिल

काठमाडौँ : नेपालमा पछिल्लो समय कोरोना संक्रमित सङ्ख्या ह्वात्तै बढेपछि सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने तर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो ।

नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन ।

अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उहाँले नागरिक संवेदनशिल नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो । चाडबाडको समयमा नागरिक सचेत भए लक डाउन गर्ने अवस्था नआउने उनको भनाइ छ ।

लक डाउन गर्ने÷नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागकिले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने मन्त्री ज्ञवालीको भनाइ छ ।

त्यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरे । राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको काठमाडौं महामारी विरुद्धको लडाइमा पछाडी परेको उल्लेख गर्दै उनले विगतमा हट स्पट भएका ठाउँमा जनप्रतिनिधिहरुले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरु काठमाडौंमा लागु गर्न जरुरी रहेको बताए ।

पछिल्लोसमय एकैदिन ५ हजार भन्दा धेरै संक्रमित भेटिएको थियो भने हालसम्म कुल कोरोना संक्रमित सङ्ख्या १ लाख ६ हजार ९ सय २२ पुगेको छ भने निको हुनेको सङ्ख्या ७५ हजार ८ सय ४ रहेको छ । त्यस्तै आइतबार एकैदिन २२ जनाको कोरोनाबाट ज्यान गएसँगै मृत्यु हुनेको सङ्ख्या ६ सय ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *