घरदैलो मै पुगि सामाजिक सुरक्षा भत्ता बितरण गर्दै वडा अध्यक्ष भण्डारी

घरदैलो मै पुगि सामाजिक सुरक्षा भत्ता बितरण गर्दै वडा अध्यक्ष भण्डारी

अछाम :  रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारले प्रत्येक टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

वडा अध्यक्ष खड्क बहादुर भण्डारीको नेतृत्वमा उक्त वडाको भौगोलिक रूपमा निकै टाढा रहेको मेलकाटिया,किम्तोला लगायतका टोल हरुमा  सामाजिक सुरक्षा बितरण गरिएको वडा अध्यक्ष भण्डारीले बताए ।

कोरोना महामारीको कारण एकै ठाउँमा धेरै मानिस जमा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले  ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका ,एकल महिलासहित एक सय चालीस जनालाई घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको अध्यक्ष भण्डारीले बताए ।   बाकी रहेका टोल हरुका प्रत्येक   घरमा पुगि सामाजिक    सुुरक्षा   भत्त्ता बितरण   गर्नेे    वडा  सचिव    लोकेेेन्द्र रावतलेे जानकारी  दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *