काठमाडौं उपत्यकामा थपिए १४१६ संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं उपत्यकामा थपिए १४१६ संक्रमित, कुन ठाउँमा कति ?

अद्यावधिक विवरण अनुसार पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिएका छन्।  जसमध्ये ११४५ काठमाडौं, १६१ ललितपुर र ११० भक्तपुरका छन् ।

आइतबार नेपालमा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । शनिबार मात्रै ५ हजार ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३१ हजार ३१५ रहेकाे छ । पछिल्लो २४ घण्टामा १५५२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *