काठमाडौंमा कुखुराको मासुको मूल्य ह्वात्तै घट्यो

काठमाडौंमा कुखुराको मासुको मूल्य ह्वात्तै घट्यो

काठमाडौं : काठमाण्डौ उपत्यकामा  कुखुराको मासु पछिल्लो तीन वर्ष यताकै सस्तो भएको छ  ।

कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दि संगै मासु खपत हुने होटल, रेष्टुरेन्ट, पार्टी पयालेस लगायतका व्यवसायहरुमा प्रभाव गरेसंगै कुखुराको मासु खपत घटेसंगै मासुको मूल्य घटेको हो ।

महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको संघका प्रथम उपध्यक्ष श्रय ढकालले  बताए ।

सामान्य अवस्थामा काठमाडौंमा दैनिक साढे दुई लाख किलो मासु बिक्री हुने गरेकोमा अहिले मुस्किलले सवा लाख किलो मात्रै मासु बिक्री भईरहेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *