काेराेनाकाे केन्द्र बन्याे काठमाडाैं, संक्रमितको संख्या ४० हजार नाघ्यो, कुन ठाउँमा कति ?

काेराेनाकाे केन्द्र बन्याे काठमाडाैं, संक्रमितको संख्या ४० हजार नाघ्यो, कुन ठाउँमा कति ?

काठमाडौं : पछिल्लाे समय दिनप्रतिदिन काेराेना भाइरसकाे संक्रमितकाे संख्या बढिरहँदा काठमाडौं उपत्यका काेराेनाकाे केन्द्र बनिरहेकाे छ ।

शनिबारमात्रै उपत्यकाका तिन जिल्लामा २ हजार ६७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा  पछिल्लो २४ घण्टामा काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनालाई संक्रमण पुष्टि भएको हो।

अहिलेसम्म देशभर कूल संक्रमितको संख्या १ लाख ५ हजार नाघ्दा उपत्यकाका तीन जिल्लामा मात्र काेराेना संक्रमितको संख्या ४० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २४ गते सार्वजनिक गरेको स्थिती प्रतिवेदनका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र कूल ४० हजार ३७२ जना कोरोना संक्रमित भएका हुन् ।

तीमध्ये काठमाडौंमा ३२ हजार २७२ भक्तपुरमा ३ हजार २७२ र ललितपुरमा ४ हजार ४९७ संक्रमित फेला परिरहेका छन् । उपत्यकामा संक्रिय संक्रमितको संख्या १७ हजार ८८८ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *