गंगा माध्यामिक विद्यालय मंगललसैन ६ मा पाँच लाखकाे अक्षय काेष स्थापना

गंगा माध्यामिक विद्यालय मंगललसैन ६ मा पाँच लाखकाे अक्षय काेष स्थापना

असाेज :निर्धन उत्थान लघु वीत्त वीत्तिय संस्था लिमिटेडले गंगा माध्यामिक विद्यालय मंगललसैन ६, तेसिंगेमा अक्षय काेष स्थापना गरेकाे छ । गरिब तथा जेहेन्दार विद्यार्थीकाे सहयाेगका लागि संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख रुपैँयाकाे अक्षय काेषकाे स्थापना गरेकाे हाे ।
हरेक बर्ष विपन्न लक्षित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई प्रति विद्यार्थी २ हजार र ९ – १० कक्षाका विद्यार्थीहरुलाई प्रति विद्यार्थी ३ हजारका दरले छात्रवृत्ति प्रदान गरिने गरि अक्षय काेष स्थापना गरिएको हाे । निर्देशिका अनुसार विद्यार्थी छनाैट गरिने विद्यालयले जनाएको छ ।

लघुवित्त पिता डाक्टर हरिहर पन्त स्मृति प्रतिष्ठान अन्तर्गत वित्तीय संस्थाकाे सहयाेगमा प्राप्त पाँच लाख ग्लाेबल आईएमई बैंक मंगलसैन शाखामा मुद्दति खातामा रकम जम्मा गरि त्यसबाट प्राप्त ब्याजबाट छात्रवृत्ति प्रदान गरिने भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मंगलसैन नगरप्रमुख पदम बहादुर बाेहराले शैक्षिक विकासलाई टेवा पुर्याउन वित्तीय संस्थाले अक्षय काेषकाे स्थापना गरेकाेमा धन्यवाद दिँदै यसलाई थप अगाडि बढाउन र काेष वृद्धिका लागि सबै लागिपर्नु पर्नेमा जाेड दिनुभयो ।
यसबाट एउटा भाेक जगाउने काम गरेकाे भन्दै सबैको सहयाेग र साथबाट थप सफलता प्राप्त हुने उहाँको भनाइ छ ।

नगरपालिकाले पनि वडा नम्बर ६ का विभिन्न विकास तथा याेजनालाई प्राथमिकता दिँदै आएकाे भन्दै उहाँले विद्यालयलाई आवश्यक सहयाेगका लागि फेरि पनि नगरपालिका तयार रहेको नगरप्रमुख बाेहराकाे भनाइ छ ।
कार्यक्रमका विशिष्ट अतिथि वित्तीय संस्था मंगलसैन शाखाका प्रमुख उमनाथ तिमल्सेनाले वित्तीय संस्थाले गरेकाे सहयाेगकाे सही सदुपयाेग हुनेमा विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व गाविस अध्यक्ष प्रभुनाथ भण्डारीले अक्षय काेषबाट लक्षित बालबालिकाले लाभ पाउने बताउनु भयाे । विद्यालयले काेषबाट लक्षित कार्यक्रममा विद्यालयले अक्षय काेष स्थापनामा सहयाेग गर्ने वित्तीय संस्था र संस्थाका प्रमुख उमनाथ तिमल्सिना तथा विद्यालयलाई ४० हजार आर्थिक सहयाेग गर्नुभएकोमा विद्यालयका शिक्षक डम्बर भट्टराईलाई दाेसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेकाे छ ।

कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी निर्देशक जनार्दनदेव पन्तले पठाउनु भएको सन्देश समेत राखिएको थियाे । सन्देशमार्फत उहाँले कुनैपनि बालबालिकाले शिक्षाबाट वञ्चित हुन नपराेस् भन्ने भावले अक्षय काेषकाे स्थापना गरिएको र यसकाे दीर्घकालीन सञ्चालनका लागि याेजना बनाउन अाग्रह गर्नुभयाे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य भीम जनाला, वडा सदस्य देवेन्द्र प्रसाद भण्डारी, नरपति भण्डारी, राजुदेवि भण्डारी, गाजली नेपाली, नेपाली कांग्रेस वडा सभापति हेमराज भण्डारी, पत्रकार महासंघका काेषाध्यक्ष टेकबहादुर थापा, अस्थायी प्रहरी पाेष्ट ठुलासैनका ईन्चार्ज दानसिंह महरा, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नन्दाराम भण्डारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, टाेल विकास संस्थाका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियाे । सहायक प्रधानाध्यापक सेतिराम भण्डारीले स्वागत गर्नुभएको कार्यक्रमकाे सञ्चालन विद्यालयका प्रधानाध्यापक माेतिराम भण्डारीले गर्नुभएको थियाे ।

Leave a Reply