एकैदिन अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा देखियाे काेराेना

एकैदिन अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा देखियाे काेराेना

अद्यावधिक विवरण अनुसार शनिबार नेपालमा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय  ८४ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । शुक्रबार मात्रै २०५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३० हजार ८१८ रहेकाे छ । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *