नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

काठमाडौं :  पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

शुक्रबार १० जनाकाे मृत्यु भएसँगै हालसम्म काेराेनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो।

त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्। पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ।

Leave a Reply