कांग्रेसद्वारा रामारोशन गाउँपालिका सरकारका विरुद्ध प्रदर्शन

कांग्रेसद्वारा रामारोशन गाउँपालिका सरकारका विरुद्ध प्रदर्शन

अछाम :नेपाली कांग्रेस रामारोशनले रामारोशन गाउँपालिका सरकार विरुद्ध गाउँपालिकाको सेवा केन्द्र मुजाबगरमा विरोध प्रदर्शन गरेको छ। रामारोशन गाउँपालिका सरकारबाट हुने गरेका नितिगत भष्टाचार तथा कर्मचारी भर्नामा हुने आर्थिक चलखेलका बिरुद्ध प्रदर्शन गरेको हो साथै गाउँपालिका अध्यक्षले एकलौटी तरिकारले लोकतान्त्रिक मुल्य मान्यता तथा विधि पद्धति विपरीत काम गरेको समेत कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले रामारोशन सरकारका थुप्रै बिथिति बिषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराउदा पनि सरकारको नेतृत्वको कार्यशैली कत्ति पनि नसुधि्रएको ले पहिलो चरणको खबरदारी स्परुप गाउँ पालिकामा धर्ना शान्तिपूर्ण आन्दोलन गरेको र अझै सरकारका गतिविधि यस्तै शैलीमा अगाडि बढे थप सशक्त ढङ्गले आन्दोलन गर्ने कांग्रेस रामारोशनले चेतावनी समेत दिएको छ। रामारोशन गाउँ पालिका का थुप्रै कर्मचारी भर्ना प्रक्रियामा योग्यता र क्षमताको आधारमा नभएर पहुँच र पैसाको आधारमा सरकार नेतृत्वले कर्मचारी छनोट प्रक्रियामा नै हस्तक्षेप गर्ने गरेको भन्दै यो कार्य बन्द गर्न चेतावनी समेत कांग्रेसले दिएको छ। शिक्षा क्षेत्रमा रामारोशन गाउँ पालिका सरकार सृजना गरेका कोटामा पनि कुनै विद्यालयमा नियम विपरीत शिक्षक भर्ना गरेको र कुनै विद्यालयमा रोकेको कांग्रेसको आरोप छ ।यसका साथै भाद्र २ गते रामारोशनमा आएको बाढी पछि को पिडित परिवारलाई राहत कार्य मा सरकार उदासीन देखिनु का साथै हाल सम्म पनि तथ्य संगत विवरण नल्याएको र राहत वितरण कार्यलाई पनि निष्पक्ष रुपामा वितरण गर्न माग गरेको छ। रामारोशन गाउँ पालिका अध्यक्ष र उपाध्यक्षको आन्तरिक कलह र सरकार प्रमुखको कार्यशैलीबाट जनता निराश भएको कांग्रेसको ठहर छ। सरकार विरुद्ध पेले काड सहित मुजाबगरमा प्रदर्शन गरे पछि कांग्रेसले गाउँ पालिका अगाडि जुलुसलाई कोणसभामा परिनत गरेको थियो । नेपाली कांग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कोणसभा कार्यक्रम लाई कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल जिल्ला सदस्य मान व साउद नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक युवा नेता पुष्प बिष्ट लगायत सम्बोधन गर्नु भएको थियो भने सन्चालन सचिव पुर्ण विकले गर्नुभएको थियो । विरुद्ध सभामा नेपाली कांग्रेस रामारोशनमा सम्पुर्ण नेता कार्याक्रताको सहभागीता रहेको थियो । रामारोशन कांग्रेसले दुई दिन अधि गाउँपालिकाको विरुद्ध मा विज्ञप्ति समेत निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *