उपत्यकामा थपिए १४०९ जना संक्रमित, कुन ठाउँमा कति ?

उपत्यकामा थपिए १४०९ जना संक्रमित, कुन ठाउँमा कति ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा काठमाडौंमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नेपालमा २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७६ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । बिहिबार मात्रै ४३६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २७ हजार ५३ रहेकाे छ ।

 

Leave a Reply