आइपिएल : दिल्लीको प्लेइङ-११ मा पर्ने सन्दीपको सम्भावना बढ्यो, यसो भन्छन् प्रशिक्षक

आइपिएल : दिल्लीको प्लेइङ-११ मा पर्ने सन्दीपको सम्भावना बढ्यो, यसो भन्छन् प्रशिक्षक

काठमाडौं: इन्डियन प्रिमियर लिग(आइपिएल)मा नेपाली लेगस्पिनर सन्दीप लामिछाने आईपीएलको फ्रेंचाईजीच दिल्ली क्यापिटल्समा छन्। उनी लगातार तेस्रो पटक दिल्ली क्यापिटल्सबाट आईपीएल सहभागिता जनाइरहेका छन्।

विश्व क्रिकेटको सबैभन्दा सफल लिग मानिएको आईपीएल खेल्न जो कुनै क्रिकेटरलाई इच्छा हुन्छ। अथक मिहिनेतले गर्दा अन्नतः ती क्रिकेटरले आईपीएलमा सहभागिता जनाउने अवसर पनि पाउँछन्। आईपीएलमा सहभागिता जनाएकै कारण पनि ती खेलाडीले धेरै अवसर पाउने गर्छन्।

कोरोना महामारीका कारण यूएईमा भइरहेको १३ औँ सिजनको आईपीएलमा पनि अष्ट्रेलिया, इंग्ल्याण्ड, वेष्ट इण्डिज, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, श्रीलंका, अफगानिस्तान, नेपाललगायत देशबाट खेलाडीले सहभागीता जनाएका छन्।

सन्दीपले जारी सिजनको सुरुवातका म्याचमा यो पटक पनि। मा मौका पाइरहेका छैनन्। दिल्लीले पाँच म्याच खेल्दा सन्दीपलाई प्लेइङ-११ मा स्थान दिएको छैन।दिल्लीमा यो पटक रविचन्द्रन आश्विन, अमित मिश्रा, अक्क्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा पनि सन्दीपलाई प्लेइङ-११ मा स्थान बनाउन निकै संघर्ष गर्नु परेको छ।

आईपीएलका सफल लेग स्पिनरमध्ये एक मिश्रा चोटका कारण लिगबाटै बाहिरिएकाले सन्दीपलाई प्लेइङ-११ मा स्थान बनाउन केही सहज देखिएको छ। तर, अक्क्षर पटेल पनि अहिले लयमा देखिएकाले तत्काल सन्दीपले खेल्न पाउने सम्भावना कम देखिन्छ।

यसैबीच दिल्लीका कोच रिकी पोंटिंगले सन्दिप स्टार बलर भएको साथै टिमलाई उनको खाँचो रहेको बताएका छन्। उनको आवश्यकता पर्ने बित्तिकै टिममा पर्ने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *