आइपिएल: हैदरावाद र पंजावकाे टक्कर, क्रिस गेल खेल्ने सम्भावना

आइपिएल:  हैदरावाद र पंजावकाे टक्कर, क्रिस गेल खेल्ने सम्भावना

काठमाडौं: आईपीएलको १३ औं सत्रको २२ औं खेलमा बिहीबार सनराइजर्स हैदराबाद (एसआरएच) र किंग्स इलेवन पंजाब एक अर्कासँग भिड्ने छन्। बलहरुको असफलताको कारण अहिलेसम्म सम्म खराब प्रदर्शन गर्ने पंजाब र हैदराबादले टिमका ब्याट्सम्यानहरूलाई नियाल्नेछ। यो खेल दुबई मा साँझ ७:४५ मा शुरू हुनेछ।

किंग्सले अहिलेसम्म पाँच मध्ये चार खेल गुमाएको छ र तालिकाको अन्तिममा छ। सनराइजर्सले तीन खेल गुमाएको छ र दुई जितेर छैठौं स्थानमा छ।

आईपीएल रेकर्डको बारेमा कुरा गर्दा सनराइजर्स हैदराबाद र किंग्स इलेवन पंजाबबीच अहिलेसम्म १४ खेलहरू (२०१३-२०१९) भइसकेका छन्। सनराइजर्सले १० खेलमा जित्दा पंजाबले ४ खेल जितेको छ ।

केहि सुरुवाती खेलहरुमा बेन्चमा बसेका केन विलियमसनको आगमनसँगै हैदराबादको मिडल अर्डर मजबुत बनेको छ। मनिष पाण्डेले पाएको सुरुवातलाई ठुलो स्कोरमा परिणत गर्न नसक्दा हैदराबाद विशाल योगफल बनाउनबाट चुकेको छ। प्रियम गर्ग, अब्दुल समाद र अभिषेक शर्मा जस्ता युवा ब्याट्सम्यानले बनेको हैदराबादमा मिडल अर्डरमा अनुभवको कमी रहेको छ।

तीव्र गतिका भरपर्दा बलर भुवनेश्वर कुमार चोटका कारण पुरा प्रतियोगिताबाट बाहिरिएपछि हैदराबादलाई ठूलो झट्का लागेको छ। उनको अनुपस्थितिमा हैदराबाको बलिंग लाइन-अप लड्खडाउने छ। सन्दिप शर्मा, नटराजन, खलिल र सिद्धार्थले हैदराबादको फास्ट बलिंग पक्ष सम्हाल्ने छन्।

प्रदर्शन राम्रै गरेपनि मात्र १ खेल जितेको पन्जाब आफ्नो टप अर्डर ब्याट्सम्यानमा बढि निर्भर छ। लोकेश राहुल, मायांक अग्रवाल र निकोलास पुरानको ब्याटबाट रन बनेता पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा पन्जाब बारम्बार चुकेको छ। ग्लेन म्याक्सवेल जस्तो ठूलो खेलाडिको खराब प्रदर्शनले पन्जाबले पाएको राम्रो सुरुवातको फाइदा उठाउन सकेको छैन।युनिभर्स बोस’ क्रिस गेल तथा मुजिब उर् रहमानले हालसम्म मौका पाएका छैनन्।

बलिंगमा शेल्डन कोट्रेल र मोहम्मद शामीले नयाँ बलबाट विकेट लिएता पनि डेथ ओभरमा चुक्दा पन्जाबले हार बेहोर्न पगेको छ। युवा लेग स्पिनर रवि बेश्नोईले पन्जाबको स्पिन पक्ष सम्हालिरहेका छन् जसको प्रदर्शनमा स्थिरता भने देखिएको छैन। उनले मिडल ओभरमा विकेट लिदैं विपक्षि टिमलाई दबाबमा ल्याउनु पर्ने हुन्छ।

सनराइजर्स हैदराबाद
डेविड वॉर्नर (कप्तान), जॉनी बेयरस्टो, केन विलियमसन, मनीष पांडे, श्रीवत्स गोस्वामी, विराट सिंह, प्रियम गर्ग, ऋद्धिमान साहा, अब्दुल समद, विजय शंकर, मोहम्मद नबी, राशिद खान, जेसन होल्डर, अभिषेक शर्मा, बी संदीप, संजय यादव, फैबियन एलेन, पृथ्वी राज यारा, खलील अहमद, संदीप शर्मा, शाहबाज नदीम, सिद्धार्थ कौल, बिली स्टैनलेक, टी नटराजन, बासिल थम्पीय

किंग्स इलाभेन पंजाब
केएल राहुल (कप्तान), मयंक अग्रवाल, शेल्डन कॉट्रेल, क्रिस गेल, ग्लेन मैक्सवेल, मोहम्मद शमी, मुजीब उर रहमान, करुण नायर, जेम्स नीशाम, निकोलस पूरन, ईशान पोरेल, अर्शदीप सिंह, मुरुगन अश्विन, कृष्णप्पा गौतम, हरप्रीत बराड़, दीपक हुड्डा, क्रिस जॉर्डन, सरफराज खान, मनदीप सिंह, दर्शन नलकांडे, रवि बिश्नोई, सिमरन सिंह, जगदीश सुचित, तजिंदर सिंह, हार्डस विलोजेन.

Leave a Reply

Your email address will not be published. Required fields are marked *