थप ४३६४ जनामा काेराेना देखियाे

थप ४३६४ जनामा काेराेना देखियाे

पछिल्लाे २४ घण्टामा नेपालमा ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या  पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । बुधबार मात्रै ३४३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २६ हजार ६८४ रहेकाे छ ।

*यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ताले लाइभमा गलत तथ्यांक जानकारी दिएको र पछि मन्त्रालयले सुधारेर तथ्यांक उपलब्ध गराएकाले सोही अनुसार तथ्यांक सच्याइएको छ ।

Leave a Reply