खुल्याे अमेरिका जाने डीभी चिट्ठा, यसरी दिनुहाेस् आवेदन

खुल्याे अमेरिका जाने डीभी चिट्ठा, यसरी दिनुहाेस् आवेदन

काठमाण्डौ : २०२२ का लागि अमेरिकन डाइभर्सिटी भिसा (डीभी) चिट्ठा आज खुल्ला हुँदैछ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय अनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

आवेदकका लागि जानकारी
• आवेदन नि:शुल्क : डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।

• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।

• फारम अनलाइन भर्नुपर्ने : सन् २०२२ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

• आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

• आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।

२०२२ को डाइभर्सिटी भिसा (डिभी) आवेदन कार्यक्रम नेपाली समयअनुसार आज रातिको ९:४५ बजेबाट खुला हुँदैछ। आवेदन खुलेपछि तपाईं…

Posted by U.S. Embassy, Nepal on Wednesday, 7 October 2020

Leave a Reply