अछामको कमलबजारमा पिसिआर प्रयाेगशाला सञ्चालन:केन्द्र र प्रदेश सरकारलाई ठुलो चुनौती

अछामको कमलबजारमा पिसिआर प्रयाेगशाला सञ्चालन:केन्द्र र प्रदेश सरकारलाई ठुलो चुनौती

अछाम : सङ्क्रमणको दर तीव्र बन्दै गएपछि अछाम जिल्लामै पिसिआर मेसिन जडान गरेर औपचारिक रुपमा पिसिआर जाँच गर्ने काम सुरू गरिएको छ।

नोभेल कोरोना भाईरस (कोभिड-१९) को परिक्षणका लागि कमलबजार नगरपालिकाले स्थापना गरेकाे प्रयाेगशालाकाे अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बाेगटीले उद्घाटन गर्नुभयाे ।

कमलबजार नगरपालिका र पुर्वी अछामका स्थानीय तहहरुको सहयोगमा  करिब एक कराेडकाे लागतमा प्रयाेगशाला स्थापना गरि नमुना परिक्षण समेत सफल भए पछि मेसिनको आज उद्घाटन  गरिएको हाे ।

मेसिनको उद्घाटन गर्दै प्रतीनिधि सभा सदस्य बोगटीले  कमलबजार नगरपालिकाले पीसीआर मेसिन सञ्चालनमा ल्याएकोमा खुुसी व्यक्त गर्दै दिगो र अभावग्रस्तबाट मुक्त बनाउन चुनौती रहेको बताउनुुभयो । सांसद बाेगटीले विश्वभर महामारीको रुपमा फैलिरहेकाे काेराेना भाईरसकाे राेकथाम तथा नियन्त्रणका लागि अछाम तथा छिमेकी जिल्लाका स्थानीयलाई प्रयाेगशालाले राहत पुग्ने बताउनु भयाे । प्रयाेगशालाकाे दिगाे सञ्चालनका लागि आफ्नाे तर्फबाट पूर्ण सहयाेग रहने उहाँको भनाइ छ ।  सरकारले जिल्ला अस्पताललाई नमूनायोग्य बनाउन माग र हरेक स्थानीय तहमा १५ वेडको अस्पतालका लागि आएको बजेट अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अछामका समस्यामा आफुु केन्द्रमा सक्रिय रहेको भन्दै अछाम २ को निर्वाचन पूर्वाधार विकास कार्यक्रम स्थानीय तह जनप्रतिनिधिको समन्वयमा काम भइरहेको भनाइ राख्नुुभयो । तीन तहका सरकारको संविधानको व्यवस्था अनुसार विकास निर्माणका कामहरु भइरहेको बताउँदै स्थानीय तहले समतामुलक विकासमा जोड दिनुुभयो । आगामी दिनमा संघमा थप सक्रिय भएर अछामको स्वास्थ्य क्षेत्र लगायतका समस्या समाधानमा केन्द्रित भएर जाने बताउनुुभयो । उद्घाटन कार्यक्रमम पूर्व सांसद अक्कलबहादुर विष्टले बिशिष्ट अथितिको आसन बाट बोल्दै कमलबजार नगरपालिकामा स्थापना भएको मेसिनले संघिय र प्रदेश सरकार ठुलो चुनौती हुने बताए । तिन तीन वटा सरकार हुँदा पनि पुर्वी अछामका स्थानीयतहहरुको सक्रियतामा  पिसिआर मेसिन संचालनमा ल्याएकोमा धन्यवाद समेत दिए । साथै उहाले कमलबजारमा स्थापना गरीएको पिसिआर प्रयोगशाला लाइ आआफनो ठाउबाट सहयोग गर्न सबैलाइ अनुरोध गर्नुुभयो । कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवर,साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर  , विशिष्ट  अथिती, रहनुभएको थियो । कार्यक्रममा बान्नीगढी जयगढ गाउँपलिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्का, पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने, तुुर्माखाँद गाउँपलिकाका अध्यक्ष पुुष्पराज शर्मा,ढकारी गाउँपालिका अध्यक्ष धन बहादुर बुढा ,प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय ,जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक योगेन्द्र सिंह थापा ,नेपालि कांगे्रस अछामका महासमिति सदस्य बल बहादुर कुवर, मंगलसेन नगरपालिका वडा न. ६ वडा अध्यक्ष जनक राज भण्डारी, पत्रकार महासंघ अछामका सदस्य अमर धामि, लगायतले शुुभकामना मन्तब्य राख्नुु भएको थियो । उद्घाटन कार्यक्रमको स्वागत उपप्रमुख भूमिशरण ढकाल बजगाइ र सञ्चालन कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर विष्टले गर्नुभएको थियो । अछाममा पहिलो पटक कमलबजार नगरपालिकाको अगुुवाइमा पीसीआर मेसिन सञ्चालन ल्याएपछि  स्वाब परीक्षणमा सहज हुने भएको छ । यसअघि पीसीआर परीक्षणका लागि स्वाब काठमाण्डौसम्म पुर्याउनुुपर्ने बाध्यता रहेको थियो ।

गत असाेज १४ गते पिसिआर मेसिन तथा प्रयोगशालाको गुणस्तर लगायतका अवस्थाको बारेमा जानकारी लिन सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी सहितको टोलिले पिसिआर मेसिनको गुणस्तर तथा संचालनको तयारी र अन्य अवस्थाका बारेमा जानकारी लिनुभएकाे थियाे । कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको प्रयाेगशालामा भारतबाट फर्केका तथा काेराेनाका सम्भावित लक्षण भएका व्यक्तिको पीसीआर परिक्षण गरिने बताईएकाे छ ।

एक महीना भित्र पिसिआर मेसिन सञ्चालन गर्ने भन्दै मन्त्री शाहले झुट बोले 

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले अछाम पुगेर बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान गरिने भनेर जनतालाई ढा’टेका छन ।

उनले असार २८ गते बयालपाटा अस्पतालमा पिसिआर मेसिन सञ्चालनको लागि दक्ष जनशक्ति आवश्यक भएका कारण केही ढिलाई भएको बताउँदै उनले साउन महिना भित्रै पिसिआर मेसिन जडान गरिने बताएका थिए ।

केन्द्र सरकारसँग यो बिषयमा छलफल भईरहेको बताउँदै चाँडै अछाम र बाजुराका जनताको कोरोना परीक्षणको सहजता ल्याउन मेसिन सञ्चालन गरिने बताएका थिए ।

मन्त्री शाहले घोषणा गरेको आज ८६ दिन भईसक्दा समेत पिसिआर मेसिन जडान कुनै सुर सार भएको छैन । मत्री शाहले अछाम स्थीत एक संञ्चार माध्यममा समेत अन्तरवार्ता दिदै बयालपाटा अस्पतालमा चाडै पिसिआर जडान गरिने बताएका थिए । बरु यो बिचमा कमल बजार नगरपालीकाले अन्य स्थानिय तहको साझेदारीमा कोरोना परिक्षणको लागि पीसीर मेसीन सञ्चालनको अन्तीम तयारीमा छ ।

मन्त्री शाहले घोषणा गरेको एक महीनाको बिचमा मात्रै अछाम जिल्लामा कोरोना ३ कोरोना सं’क्रमितको ज्या’न गईसकेको छ । हालसम्म अछाम जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगीसकेको छ ।

भने जिल्लामा कारोना१ हजार ५१ जनामा कोरोना सं’क्रमिण पुष्टी भएको छ भने कोरोना निको संख्या १ हजार १८ रहेको छ । मन्त्री शाहले घोषणा गरेको एक महीना कहीले पुग्ने हो कहीले अछाम जिल्लामा कोरोना परीक्षण हुने हो हेर्न बाकीँ नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *