नेहा कक्कड फेरि परिन् प्रेममा, को हुन् ती भाग्यमानी जोसँग नेहाले विहे गर्दै छिन्?

नेहा कक्कड फेरि परिन् प्रेममा, को हुन् ती भाग्यमानी जोसँग नेहाले विहे गर्दै छिन्?

भारतीय गायिका नेहा कक्कड कुनै न कुनै कारणले प्रायः चर्चामा आइरहन्छिन्। कहिले इन्डियन आइडमा जजको रूपमा देखिएका कारण, कहिले आफ्ना हिट गीतका कारण त कहिले आइडल प्रतिस्पर्धीले चुम्बन गरेका कारण नेहा लाइमलाइटमै रहन्छिन्।

यसपटक भने नेहा आफ्नो विहे हुने खबरका कारण चर्चामा आएकी हुन्। खबरका अनुसार, आफ्ना साथी रोहनप्रीत सिंहसँग नेहाले यसै महिना विहे गर्ने भएकी छन्। यद्यपि यसबारे नेहा अथवा रोहनप्रीत कसैले प्रतिक्रिया जनाइसकेका छैनन्।

टाइम्स अफ इन्डियाका अनुसार, रोहन र नेहाले अक्टोबर अन्त्यसम्म विहे गर्ने छन्। यो विहे दिल्लीमा हुने छ र वर्तमान परिस्थितिका कारण विहेमा थोरै मान्छे मात्र सहभागी हुने छन्। सम्भवतः अक्टोबर २४ सम्म विहे हुने छ। यसअघि नेहा कक्कड र गायक आदित्य नारायणले विहे गर्ने खबर बाहिरिएको थियो।

Leave a Reply