अभिनेता अजय देवगनका भाइको मृत्यु

अभिनेता अजय देवगनका भाइको मृत्यु

बलिउडका चर्तित अभिनेता अजय देवगनकाे परिवारमा शाेक परेकाे छ । अभिनेता देवगानका भाईको निधन भएको छ ।

अजयले आफ्ना भाइ अनिल देवगनको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनको असामयिक निधनले आफ्नो परिवार दुखमा रहेको उल्लेख गरेका छन् ।

अजय देवगनका भाई अनिल देवगन, एक चलचित्र निर्माता र पटकथा लेखक हुन् । देवगन जुहूको सिल्वर बीच उच्च विद्यालयबाट स्नातक भएका थिए र मिठीबाई कलेजमा अध्ययन गरेका थिए ।

उनलाई सदैव स्मरण गरिरहने उल्लेख गर्दै उनले अनिलको आत्माको चिरशान्तीका लागि प्रार्थना गर्न अपिल गरेका छन् ।

Leave a Reply