अछामको भैरवस्थानमा राप्रपा र नेकपा परित्याग तीन दर्जन बढी काङ्ग्रेसमा प्रवेश

अछामको भैरवस्थानमा राप्रपा र नेकपा परित्याग तीन दर्जन बढी काङ्ग्रेसमा प्रवेश

अछाम :राष्ट्रिय प्रजातान्त्र पाटी राप्रपा अछाम   र नेपाल कम्युनिस्ट पाटी नेकपा परित्याग गरि दुई दर्जन बढी नेता कार्यकर्ता हरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन।

नेपाली काङ्ग्रेस तुर्माखाद गाउँपालिका वडा नम्बर ३ भैरवस्थानले  आयोजना गरेको नवप्रबेशीहरुलाइ सम्मान तथा स्वागत कार्यक्रममा राष्ट्रिय प्रजातान्त्र पाटी राप्रपा जिल्ला स्तरीय  र नेपाल कम्युनिस्ट पाटी तुर्माखाद गाउँपालिका वडा नम्बर ३ वडा कमिटीको एक जम्बो टिम काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।  पुर्व जिल्ला बिकास समिति सदस्य ,राप्रपा जिल्ला सदस्य एवम् राप्रपा महाधिवेशन प्रतिनिधि पदम बहादुर बुढाको नेतृत्वमा  राप्रपा जिल्ला सदस्य मानबहादुर बुढा ,नन्दाराम बुढा ,देबिराम बुढा ,मन्दिरे बुढा , नरबहादुर बुढा ,कटक बहादुर बिसि,उपेन्द्र बहादुर बिसि, नेपाल कम्युनिस्ट पाटिका ,रतन बहादुर बिसि,राजु बिक,शेरबहादुर बिक,ओम उखेडा,हर्क बहादुर बुढा लगायत तिन दर्जन बढी नेता कार्यकर्ताहरु काङ्ग्रेसमा प्रवेश भएका हुन् ।काङ्ग्रेस पाटी सभापति लगायत नेता हरुले  नब प्रबेसीहरुलाइ साधारण सदस्यता बितरण गर्दै खादा अबिरले सम्मान गरेर पार्टी प्रबेश गराएका थिए ।

कार्यक्रममा बोल्दै नवप्रवेशीसीहरुले आफुहरुले आस्था गरेको पार्टि नेपाल कम्युनिस्ट पाटी र राप्रपाले जनताको नेतृत्व गर्न नसकेकाले आफुहरुको नेपाली काङ्ग्रेस पाटी  माथी ठुलो विस्वास बढेकाले आफुहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेको बताए । देशमा दुई तिहाइको सरकार हुदा पनि मुलुकमा जनताको पक्षमा काम गर्न नसकेकोले आफू हरु पाटी परित्याग गर्न बाध्य भएको बताए । साथै केहि दिनमा बाकी रहेका उक्त  वडाका सम्पुर्ण कार्यक्रताहरुलाई पनि आफू हरु संगै साथमा लिने बताए ।
वडा कार्यसमिति सभापति जोगिराम बुढाको सभापतित्वमा भएको कार्यक्रमका  प्रमुख अतिथिको आसन बाट बोल्दै नेपालि  काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले  नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नयाँ  पुरानो नभनी भेदभाब नगरिने उनले बताए । नेपाली काङ्ग्रेस मा आबद्ध सबैले आफ्नो समस्या मा र समाज का समस्यामा हातेमालो गरेर आघी बड्न सुझाब दिदै आफू सधै तपाइहरु संघ  सहकार्य गरेर अघी बड्ने बताए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै पुर्व पाटी सभापति मेघराज खडकाले अहिलेको सरकार महामारीको बेलामा पनि देसको ढुकुटी लुट्ने कार्यमा ब्यस्त रहेको जनाताको जीवनस्थर सुधार गर्न कदम नचालेको आरोप लगाए, भ्रस्टाचार द्वन्दहिनता, जस्ता कार्यहरु यो सरकारको पालामा बडेर गएको उनले बताए ।  कोरोना महामारीले, बाढी पहिरोले घर, खेतबारी र सडक  बगाउदासम्म पनि नेकपाको  दुईतिहाई बहुमत सरकारले भ्रष्टचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको खड्काले स्पस्ट पारे ।
त्यस्तै कार्यक्रममा पुर्व पाटी सभापति पुष्प बहादुर शाह ,पुर्व रास्ट्रय सभा सदस्य अक्कल बहादुर बिष्ट विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा महासमिति सदस्य बलबहादुर कुवर,अम्बिका चलाउने , महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट पाटी सचिव नमबहादुर शाही ,जेष्ठ नागरिक केन्द्रिय सभा सदस्य मीन बहादुर बिष्ट ,
काङ्ग्रेस क्षेत्रीय सभापति लक्ष्मण शाह ,जिल्ला समन्वय समिति अछामका उप प्रमुख टोपबहादुर रावल ,नेपाली काङ्ग्रेस पुर्व क्षेत्रीय सभापति यज्ञ प्रसाद ढकाल ,,नेपाली काङ्ग्रेस जिल्ला सदस्य एवम् तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्मा ,पुर्व सदस्य नवराज चलाउने  नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका सचिव सुशील भण्डारी लगायतको उपस्थित रहेकोे थियोे ।उक्त कार्यक्रमको संचालन कासिराम बुढाले गर्नुभएको थियो ।

Leave a Reply