अछाममा बरामद अखाद्य सामग्री जलाएर नष्ट

अछाममा बरामद अखाद्य सामग्री जलाएर नष्ट

असोज १९ अछाम:अछामका विभिन्न स्थानबाट बरामद गरिएका अखाद्य र म्याद नाघेका सामग्रीहरू जिल्ला प्रशासन कार्यालय अछामले सोमबार अाज जलाएर नष्ट गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको उपस्थितमा सदरमुकाम मंगलसेनसहित, साँफेबगर, मेल्लेख, पञ्चदेवल विनायक र ढकारीका विभिन्न बजार अनुगमनका क्रममा म्याद नाघेका, नियमविपरीत बिक्रीका लागि राखिएका सामग्रीहरू जलाइएको छ ।

गएको भदौ २४ गतेदेखि असोज ३ गतेसम्म विभिन्न बजारमा म्याद नाघेका, सरकारको अनुमति विपरित उत्पादन र बिक्रीवितरणका लागि राखिएका बिडि, सुर्ती, मसालाजन्य पदार्थ, अवैध मदिरा, भुजा, पेय पदार्थ, सस, चाउमिन, चकलेट लगायतका सामग्री जलाएर नष्ट गरिएको घरेलुु तथा साना विकास कार्यालयका नायब सुब्बा प्रकाश उपाध्यायले जानकारी दिनुभयो ।

अवैध सामग्री जलाउनेमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी नन्दकिशोर यादव, कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सुनिल न्यौपाने, कोष तथा नियन्त्रण कार्यालयका प्रकाश उपाध्याय, जिल्ला प्रशासन कार्यालयका पदमबहादुर कार्की लगायत पत्रकार कर्मचारी, प्रहरीको रोहबरमा सामग्री नष्ट गरिएको छ ।

आगामी दिनमा बजार अनुगमनलाई निरन्तरता दिइने भएकोले म्याद नाघेका, अवैध सामग्री खरिद र बिक्री नगर्न आग्रह गरिएको छ ।

Leave a Reply