शिशुको १२ घण्टापछि उ’द्धार

शिशुको १२ घण्टापछि उ’द्धार

जङ्गलमा फा’लिएको शि’शुको १२ घण्टापछि जी’वितै उ’द्धार गरिएको छ । शारदा नगरपालिका –३ घो’रलोटेका ज’ङ्गलमा फा’लिएको २८ दिने शिशुको आज बिहान उ’द्धार गरिएको हो ।

आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा –३ की ३५ वर्षीया शान्ता परियारले अ’वैध स’म्बन्धबाट ज’न्मेको शिशुलाई घर नपुग्दै ज’ङ्गलमा छा’डेर घर ग’एको प्रहरीले जनाएको छ । श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा च’र्को स्व’रमा शिशु रो’इरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शिशुको उ’द्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शिशु अस्पताल पु¥याएर उपचार शुरु गरेलगत्तै प्रहरीले घ’टनाको अ’नुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिुनभयो ।

प्रहरीले अ’नुसन्धानका क्रममा शिशुलाई ज’ङ्गलमा फा’ल्ने महिला र अ’वैध सम्बन्ध राख्ने भनिएका शारदा – २ पानीखोलाका दानबहादुर भण्डारीलाई नि’यन्त्रणमा लिएको छ । करीब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अ’वैध सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने ड’रले ज’ङ्गलमा फा’लेर घर गएको भनी परियारले ब’यान दिएको प्रहरीले जनाएको छ । रासस

Leave a Reply