नुवाकोटकी सोमिकाले जन्माइन् पाँच शिशु !

नुवाकोटकी सोमिकाले जन्माइन् पाँच शिशु !

नुवाकोटकी २८ वर्षीया एक महिलाले पाँच जना शिशु जन्माएकी छन्। थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले शल्यक्रियाबाट पाँच शिशु जन्माएकी हुन्।

उनले जन्म दिएका पाँचमध्ये एक जना शिशुको भने शल्यक्रियाअगावै मृ-त्यु भएको छ। शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकको गर्भमै मृ-त्यु भएको र अन्य चार जना सकुशल रहेको अस्पतालका निर्देशक डा. सङ्गीता कौशल मिश्रले बताइन् । ४ शिशुलाई एनआइसीयुमा निगरानीमा राखिएको छ।

मिश्रका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । “आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन,” उनले भनिन्, “अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।” डा. मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् ।

तामाङले जन्म दिएका सबै जिवित शिशु छोरी रहेका छन भने मृ’त छाेरा हुन्  । शिशुहरुको १.८, १.९, १.६ र ८०० ग्रामका रहेका छन् । जीवित जन्मिएकामध्ये तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआईसीयू राखेर उपचार गरिएको डा. सुवेदीले बताए ।

जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्रोको ८०० ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

 

Leave a Reply