राजधानी विवाद : प्रदेश ५ सभामा कुर्सी तो’डफोड

राजधानी विवाद : प्रदेश ५ सभामा कुर्सी तो’डफोड

काठमाडौं : प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने गरी प्रदेश सभामा पेश भएको प्रस्तावको वि’रोधमा कांग्रेस सांसदहरूले प्रदेश सभामा कुर्सी तो’डफोड गरेका छन् । प्रदेश सभाको सोमवार बसेको दोस्रो बैठकमा कांग्रेस सांसदहरूले ना’रा बाजीसहित कुर्सी भाँ’चेका हुन् ।

सोमवारको पहिलो बैठक कांग्रेस संसदहरूको ना’राबाजीका कारण स्थगित भएको थियो । प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी उपत्यका तोक्ने प्रस्ताव पेश गरेका थिए ।उक्त प्रस्तावको विरोधमा कांग्रेसले बुटवलमा प्रदर्शन समेत गर्दै आएको छ ।

पहिलो बैठक अव’रुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप त’नाव उत्पन्न भएको हो । बैठकमा कांग्रेस सांसदहरूले ना’राबाजी सहित कुर्सी भाँचेका हुन् । कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफल पछि मात्रै अघि बढाउन आग्रह गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस रु’ष्ट बनेको हो ।

Leave a Reply