काठमाडौं उपत्यकामा फेरि थपिए धेरै संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं उपत्यकामा फेरि थपिए धेरै संक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३१ संक्रमित फेला परेका छन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय ७८ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय ५० जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ३ जना संक्रमित देखिएका छन् ।

पछिल्लाे २४ घण्टामा नेपालमा २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । आइतबार मात्रै २२५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २३ हजार ५०७ रहेकाे छ ।

Leave a Reply