आईपिएल: दिल्लीले बैंगलोरको सामना गर्दै, सन्दीपको सम्भावना कति ?

आईपिएल: दिल्लीले बैंगलोरको सामना गर्दै, सन्दीपको सम्भावना कति ?

आईपिएल : युएईमा जारी इण्डियन प्रिमियर लिग आईपिएलकाे १३ औं सिजन अन्तर्गतकाे  १९ औं खेलमा नेपाली लेग स्पिनर सम्मिलित   दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दैछ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज नेपाली समय अनुसार रातीको ७:४५ बजे सुरु हुने खेलमा श्रेयस ऐयरको कप्तानिमा रहेको दिल्ली र बिराट कोहलीको कप्तानिमा रहेको बैंगलोर  आमनेसामने हुने भएका हुन्। सुरुवाती खेलदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा दोस्रो स्थानमा रहेको दिल्लीले तेश्रो स्थानमा रहेको  बैंगलोरको सामना गर्ने छ ।

सुरुवाती ४ खेल खेल्दा दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई मौका दिएको छैन । आजको खेलमा पनि सन्दीपलाई खेलाउने या नखेलाउने बारे दिल्लीले आफ्नो मनोसाय ब्यक्त गरेको छैन । यद्दपि  अघिल्लो खेलका क्रममा दिल्लीका २ जना खेलाडीहरु घाइते भएका छन्  । लेग स्पिनर अमित मिश्रालाई क्याच लिने क्रममा औलामा चोट लागेको कारण आजको खेल खेल्न्ने नाखेल्लने बारे अझै टुंगो लागेको छैन ।

अघिल्लो खेलमा दुई स्पिनर रबिन्द्र चन्द आश्विन र मिश्रालाई खेलाएको दिल्लीले आज एकजना बिदेशी तिब्र गतिका बलरलाई आराम दिएर सन्दीपलाई  मौका दिनसक्ने आँकलन भने गरिएको छ । अघिल्लो खेलमा दुवै तिब्र गतिका बलरले राम्रो प्रदर्शन गरेका कारण उनीहरुलाई नै दोहोर्याउने सम्भावना पनि देखिएको छ ।  यद्दपि  दिल्लीको प्लेइंग ११ टस पछि नै सार्वजनिक हुनेछ ।

हेड टु हेड :  दुवै टिमले गरेका अघिल्ला प्रदर्शनलाई आधार मान्ने हो भने दिल्लीको तुलनामा बैंगलोर निकै बलियो आत्मविश्वासका साथ मैदानमा उत्रिने देखिन्छ । हालसम्म आमने सामने भएका  २४  खेलमा  बैंगलोरले दिल्लीलै धेरै पटक निरस परेको देखिन्छ । जसमा  १५ पटक बैंगलोरले र ८ पटक  दिल्ली विजयी भएको छ।

Leave a Reply