भाईरल गायिका कल्पनाको आवाजमा दशैं गीत (भिडियो सहित)

भाईरल गायिका कल्पनाको आवाजमा दशैं गीत (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच लोक गायिका कल्पना दाहालको आवाजमा रहेको दशैं गीत सार्बजनिक भएको छ । रमेश प्रसाईसंगको लाईभ दोहोरीबाट चर्चामा आएकी बहुचर्चित गायिका कल्पना दाहालको ‘कोरोनाको दशैं’ गीत बजारमा सार्वजनिक भएको छ।

गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीत ‘कोरोनाको दशैं’ गीतमा यादव देवकोटा ( सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वयम् कल्पना दाहाल र बुद्दि श्रेष्ठ को पनि अभिनय रहेको छ

दिनेश मुस्कान निर्देशित सो गीतमा शब्द नवदुर्गा पौडेलको छ भने संगीत बुद्धि श्रेष्ठको छ । “कोरोनाको दशैं” गीतको भिडियो दिपज्योती नेपालबाट सार्वजनिक भएको हो ।

Leave a Reply