कोरोनामा नेपालले चीनलाई उछिन्यो

कोरोनामा नेपालले चीनलाई उछिन्यो

काठमाडौं : काेराेना संक्रमितकाे संख्या दिनप्रतिदिन बढिरहदा नेपालले चीनलाइ समेत उछिनेकाे छ ।

आइतबार  देशभर थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालले  सुरुमा काेराेनाकाे संक्रमण देखिएकाे चीनलाई समेत पछि पारेको हो । चीनमा भने हालसम्म ८५ हजार ४ सय ५० जना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। लगतार तेस्रो दिन पनि २ हजार भन्दा धेरै संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ। त्यस्तै देशभरमा संस्थागत आइसोलेसनमा रहनेको संख्या १० हजार ५२६ रहेको छ। नेपाल विश्वमा कोरोना संक्रमित हुने मुलुकहरुको सूचीको ४४ औं स्थानमा पुगेको छ।

Leave a Reply