राइटर लोक बहादुर बिष्ट प्रतिस्ठान द्वारा  प्रथम पुरस्कार तथा प्रशंसा पत्र बितरण

राइटर लोक बहादुर बिष्ट प्रतिस्ठान द्वारा  प्रथम पुरस्कार तथा प्रशंसा पत्र बितरण

अमर धामि,अछाम :राइटर लोक बहादुर बिष्ट प्रतिष्ठानको प्रथम पुरस्कार तथा प्रशंसा पत्र बितरण कार्यक्रम बिद्या प्रबोधनी माबि घोडासैनमा सम्पन्न भएको छ । राइटर लोक बहादुर बिष्ट प्रतिष्ठानका अध्यक्ष बसन्ती कुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकास बिष्ट प्रमुख अथिति रहनु भएको थियो । प्रमुख अथितिको आसन बाट बोल्दै नगर प्रमुख बिष्टले राइटर लेक बहादुर बिष्ट बहुप्रतिभा सालि ब्यतिm समाजसेबि ब्यतित्व भएकाले हामिले सधै उहाका कामलाइ अनुसरण गर्दै अगाडि बडनु पर्ने बताउनु भयो । बि.ं सं. १९५६ असार महिना मा घोडासैनको भरीधारामा जन्मीनु भएका राइटर लोक बहादुर बिष्ट दैलेखमा रहेको अदालतमा जागिरे जिवन यापन गर्नु भएको र पछि आफनो गृह जिल्ला अछामको केहि ठाउमा जिम्मालको भुमिकामा रहेर समाज सेवामा अनवरत रुपमा लग्नु भएको थियो । यस्तै उहा यो ठाउ समाजको लागि न्याय प्रेमि र गरीब असायको निम्ती थुप्रै राम्रा र प्रेरणदायी काम गर्नुभएका ब्यक्तिको रुपमा चिर परीचित भएका राइटर लोक बहादुर प्रतिस्ठानका सदस्य डबल बहादुर बिष्टले बताउनु भयो । कार्यक्रमा बिद्याप्रबोधनि माध्यामिक बिद्यालयमा घोडासैनमा अध्ययनरत जेहेन्दार एबम उत्कृष्ट बिदाथिर्, सामाजसेबि , अपाङग लाइ पुरस्कार तथा प्रशंसा पत्र बितरण गरीएको थियो । कार्यक्रममा कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाइ बिशिष्ट अथिति रहनु भएको थियो । यस्तै कमलबजार नगरपालिका वडा न.१० का वडा अध्यक्ष भिम बहादुर बिष्ट, ढकारी गाउपालिका वडा न. ८ का वडा अध्यक्ष लाल बहादुर भण्डारी नेपालि कांगे्रस जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य अमर बिष्ट,कमलबजार नगरपालिका नेकपाका नगर कमिटि सदस्य तारा देउवा ,नेपालि कागे्रस वडा न. १० घोडासैनका सभापति गोबिन्द बिष्ट, बिद्याप्रबोधनि माध्यामिक बिद्यालयमा घोडासैनका प्रधानध्यापक रुपानन्द उपाध्याय, नेपाल प्रेस यूनियन अछाम साखाका सचिब सुसिल भण्डारी,रेडियो कमलबजारका स्टेशन प्रमुख अमर धामी,आइएमइ लाइफ इन्स्योरेन्स अछाम शाखाका प्रमुख महेश जैसी लगायतको सहभागिता रहेको थियो । शिक्षक रण बहादुर बोगटीको स्वागत मन्तब्य बाट सरु भएको कार्यक्रमको संचालन शिक्षक टेक बहादुर बिष्टले गर्नु भएको थियो ।

Leave a Reply