अ’पराध न्युनिकरणको लागि जनताको साथ र सहयोग अपरिहार्य : प्रहरी निरीक्षक खड्का

अ’पराध न्युनिकरणको लागि जनताको साथ र सहयोग अपरिहार्य : प्रहरी निरीक्षक खड्का

कञ्चनपुर -अ’पराध न्युनिकरणको लागि जनताको साथ र सहयोग अ’परिहार्य रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले बताउनु भएको छ ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा रहेको ईलाका प्रहरी कार्यालयको नेतृत्व समाल्दै खड्काले सो कुरा बताउनु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलौरीमा प्रहरी निरीक्षक कमल कुमार खड्कालाई आज एक कार्यक्रमका विच स्वागत गरीएको छ ।
इलाका प्र’हरी कार्यालयको बेलौरीको जिम्मेवारी समाल्दै यस क्षेत्रमा हुने अपराध, तस्कर शुन्य पार्न यस क्षेत्रका आम नागरिकको साथ र सहयोग अ’परिहार्य रहेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बेलौरीले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै खड्काले यहाँका नागरिकहरु संग हातेमालो गर्दै अपराध न्युनिकरण पार्ने बचन दिनु भयो । खुल्ला सिमानाका कारण बेलौरी क्षेत्रमा अहिले सम्म अ’पराध नरोकिन सकेको भन्दै स्थानीयहरुले गुनासो गरे पछि प्रहरी निरीक्षक खडकाले जनताको साथ भए मात्रै यो समस्या सा’माधन गर्न सकिने बताउनु भयो।
आफु कानुनको पा’लक भएकाले कानुन अनुसार नै काम गर्ने बताउनु भयो ।

अहील्यै नै यो गर्छु त्यो गर्छु भन्दा पनि यसको क्षेत्रमा शान्ति अमनचयन कायम गर्न यस क्षेत्रका सबै क्षेत्रका व्यक्तित्व साथ र सहयोग अपरिहार्य रहेको बताउनु भयो । प्रहरीले प्रमाण बिना केही पनि गर्न नसक्ने समाजमा घट्ने अपराधको सही समयमा सुचना पाए कानुनी दायरामा ल्याउन सहज हुने हुँदा कुनै पनि अ’पराधी’क कार्यको सूचना दिन आ’ग्रह गर्नु भयो

Leave a Reply