स्वास्थ्य मन्त्रालयले भन्यो: काठमाडौं नआउनुस्

स्वास्थ्य मन्त्रालयले भन्यो:  काठमाडौं नआउनुस्

काठमाडौं :   कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै मन्त्रालयले उपत्यकामा नआउन आग्रह गरेको हो । उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । गौतमले अहिले सकभर काठमाडौं उपत्यकामा नआउन आग्रह गरेका छन् भने आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउन अनुरोध गरेका छन् ।

शुक्रबार मात्रै उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी  १ हजार ६३८ संक्रमित थपिएका छन् भने शनिबार ११७७ जना थपिएका छन्  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *