प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई देखियो कोरोना

प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई देखियो कोरोना

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापासहित सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।  हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिएका छन्  ।

हिजोको PCR परीक्षणले
ममा कोरोना-पोजिटिभ
देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।

Posted by Surya Thapa on Saturday, 3 October 2020

त्यस्तै राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ । उनीहरुको शुक्रबार स्वाब गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *