आईपीएल: दिल्लीले कोलकाताको सामना गर्दै, सन्दीपको सम्भावना कति ?

आईपीएल: दिल्लीले कोलकाताको सामना गर्दै, सन्दीपको सम्भावना कति ?

आईपीएल २०२० अन्तर्गत आज शनिवारको दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटलले कोलकाता नाइटराइडर्सको सामना गर्दै छ ।

सानो बाउन्ड्री मानिएको शारजाह क्रिकेट  स्टडीयममा ७:४५ बजेदेखी सुरु हुने खेलमा नेपाली खेलाडी सन्दीप लामीछानेले खेल्ने मौका पाउछन कि पाउदैनन् भन्ने चासो देश बिदेशमा रहेका तमाम नेपाली क्रिकेटप्रेमी हरुलाई छ ।

सुरुवाती ३ खेलमा सन्दीपलाई मौका नदिएको दिल्लीले आजको खेलमा पनि मौका दिने सम्भावना कम रहेको भारतीय संचारमध्यमले विश्लेषण गरेका छन् । यद्दपी दिल्लीले आज आफ्नो प्लेइंग ११ मा कसलाई राख्छ भन्ने बारेमा टस पछि मात्रै थाहा हुनेछ।

दुवै टिमले समान ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक बटुलेका छन्। नेट रन रेटमा अघि रहँदै दिल्ली दोश्रो र कोलकाता तेश्रो स्थानमा छ। आज जित्ने टिम अंकतालिकाको शिर्ष स्थानमा पुग्न सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *