उपत्यकामा फेरि भेटिए धेरै सक्रमित, कुन ठाउँमा कति ?

उपत्यकामा फेरि भेटिए धेरै सक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं  : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न जिल्लामा थप  ११७७ जनामा काेराेना देखिएकाे छ । जसमा काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा रहेका छन्  ।

शनिबार नेपालमा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिएका छन् । शुक्रबार मात्रै २७२२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । हाल देशभर सक्रिय संक्रमितकाे संख्या २१ हजार ३०२ रहेकाे छ । पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *