पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु….

पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु….

काठमाडौं:  खोलामा नुहाउनेक्रममा  रुपन्देहीमा एक युवकको ज्यान गएको छ । रुपन्देहीमा खोलामा पौडिखेल्न गएका युवा बेपत्ता भइ खोजीगर्दा मृ’त फेला परेका हुन ।

रुपन्देहीको रोहिणी खोलामा नुहाउनेक्रममा बिहीबारदेखि बेपत्ता भएका एक युवक शुक्रबार मृ’तावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तिलोत्तमा नगरपालिका वडा न १२ जुटपानी स्थित रोहिणी खोलामा बिहीबार साथीसँगै नुुहाउन गएका १७ बर्षीय राजन पश्चिममा थारु खोलामा डुवेर बेपत्ता भएका थिए । बेपत्ता थारुको प्रहरी र स्थानीयले खोजि गर्नेक्रममा आज बिहान मृ’तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका ६ फत्तेपुरस्थित तालमा पौडी खेल्ने क्रममा नेपालगञ्जका दुई किशोरको शुक्रबार नि’धन भएको छ । छ जना साथीहरुको समूह बनाएर फत्तेपुर पुगेका उनीहरु झरना हेरिसकेपछि नजिकको तालमा पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई उद्धार गरेर उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार निधन हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ९ बाँकेगाउँका १६ वर्षीय शिवशंकर शुक्ला र १४ वर्षीय बिनोद बर्मा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *